गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु

बिहीबार, असार २८, २०८०

रेशुङ्गा– गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन् ।

उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो । 
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्