५० हजार मान्छे सडकमा उत्रिए राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापना हुन्छ : अध्यक्ष लिङ्देन

अहिलेको व्यवस्थाले मुलुक ठिक बाटोमा जाँदैन
शनिबार, असार २३, २०८०

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अहिलेको व्यवस्थाले देश ठिक बाटोमा नजाने बताएका छन् ।

शनिबार काठमाडौँमा राप्रपा सम्पर्क समाज समन्वय विभागले आयोजना गरेको कार्यक्रममा लिङ्देनले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले देशलाई ठिक बाटो अघि बढाउन नसक्ने भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

उनले नेपालको राष्ट्रियतालाई कमजोर पार्नका लागि देशका नेताहरु प्रयोग भएका दृश्यहरु देखिन लागेकाले समयमा नै सजक हुनुपर्ने धारणा राखे ।

भूराजनीतिक चपेटामा देश फस्न लागेको र पुर्खाबाट प्राप्त गरेको भूमि नै सुरक्षित नरहने हो की भन्न आशंकाबाट मुक्त हुनुपर्ने भन्दै उनले यसका लागि संघीयता खारेज गर्दै राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि राप्रपा अघि बढेको बताए ।

लिङ्देनले मुलुकमा संघीयता आइपनि पुरै देशको निर्णयको केन्द्रविन्दु काठमाडौँ रहेकाले ५० हजार मान्छे सडकमा उत्रिएर जनदवाव सिर्जना गर्न सके राप्रपाको एजेण्डा पुरा हुन सक्ने तर्क गरे ।

अध्यक्ष लिङ्देनले अहिलेको परिवर्तनलाई सुधार नगरेसम्म देशको स्थायीत्वको कल्पना गर्न नसकिने जिकिर गरे ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्