नेपालगञ्जको कारागारभित्र कैदी मृत भेटिए 

बिहीबार, असार २१, २०८०

जानकी– बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत भेटिएका छन् । 

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए । मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । 

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको तथा यसबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्