प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति एमालेको विरोध

बुधबार, असार २०, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री चयनका सन्दर्भमा हालै दिएको अभिव्यक्ति विवादास्पद भएको भन्दै उक्त विषयमा नेकपा (एमाले)को संसदीय दलको आजको आकस्मिक बैठकमा छलफल भएको छ ।

    संसदीय दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा उक्त अभिव्यक्ति मुलुकको सार्वभौमिकता विरुद्ध तथा संसद्को गरिमामा आँच आउने खालको भएकाले उक्त विषयलाई एमालेले आजको प्रतिनिधिसभा बैठकमा गम्भीरताका साथ उठाउने निर्णय भएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

भारतको जम्मुबाट नेपाल आइ व्यवसाय थालेका सरदार सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन उनी पटक–पटक दिल्ली गएको खुलाएका थिए । यसलाई लिएर एमालले विरोध जनाएको हो ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्