दरम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिए

बुधबार, असार २०, २०८०

बलेवा– बागलुङको दरम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन् । गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन् । 

ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट–११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मङ्गलबार साँझ बेपत्ता भएका थिए । उनलाई प्रहरीले पूर्वखोलाको बीच भागमा मृत फेला पारेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्