कर्मचारीको विरोधले देशभरका अदालतमा काम रोकियो

आइतबार, असार १७, २०८०

काठमाडौँ– ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि भएको कुटपिटको विरोधमा देशभरका अदालतमा काम ठप्प भएको छ ।

सोको विरोधमा अदालतका कर्मचारीहरुले आज (आइतबार) देशभरिका अदालतमा काम रोकेका हुन् ।

कर्मचारीहरूको चार वटा संगठनले विरोध गरेको हो। कर्मचारीहरूले विरोधस्वरूप बिहान १० बजेदेखि साढे १ बजेसम्म काम नगर्ने जनाएको हो। खाजा समयपछि मात्रै काम गर्ने कर्मचारीको भनाइ छ ।

गत बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं १४ का ३६ वर्षीय अमिर लामिछानेले कुटपिट गरेका थिए। अमिर लामिछाने कानुन व्‍यवसायी हुन्।  मिसिल हेर्ने विषयमा विवाद भएपछि उनले तामाङमाथि कुटपिट गरेका थिए। 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्