देशभर आंशिकदेखि भारी वर्षाको सम्भावना

शनिबार, असार १६, २०८०

काठमाडौँ– मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

लुम्बिनी प्रदेशको थोरै स्थानमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । रातिको समयमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । काठमाडौँ उपत्यकाको आकाश अहिले आंशिक बदली रहेको छ । आज राति वर्षाको सम्भावना छ ।

भोलि १७ गते आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्