हेटौँडामा बस दुर्घटना : ३७ जना घाइते

शुक्रबार, असार १५, २०८०

काठमाडौँ– मकवानपुरको हेटौँडामा बस दुर्घटना भएको छ । दुर्घटनामा परेर ३७ जना मानिस घाइते भएका छन् ।

नारायणगढदेखि जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस सडकबाट करिब एकसय मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा ११ मा दुर्घटना भएको हो ।

घाइतेमध्ये १० जनाको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा र २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्