साफ च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

फाइनल प्रवेशका लागि को–को भिड्दैछन् ?
बिहीबार, असार १४, २०८०

काठमाडौँ– भारतको बेंगलोरमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । 

सेमिफाइनलमा दुई दक्षिण एसियाली र दुई आमन्त्रित मध्यपूर्वी राष्ट्र प्रवेश गरेसँगै समीकरण पूरा भएको हो । दक्षिण एसियाका भारत र बंगलादेश तथा मध्यपूर्वी एसियाका कुवेत र लेवनानले सेमिफाइनल पक्का गरेका हुन् ।

अब फाइनल प्रवेशका लागि ८ पटकको सर्वाधिक विजेता भारतले लेबनानसँग प्रतिस्पर्धा गर्दा बंगलादेशले कुवेतको सामना गर्नेछ ।

कुवेत समूह ‘ए’को विजेताको रुपमा अन्तिम ४ मा पुगेको हो । यता, बंगलादेश भने समूह ‘बि’को उपविजेता हो । कुवेत सन् २०८२ मा विश्वकप खेलिसकको टोली हो ।

एसिया कपको तयारीमा रहेको आयोजक भारत समूहको उपविजेताको रुपमा अन्तिम ४ मा पुगेको हो । उसले एसिया कपको तयारीमै रहेको लेबनानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।  समूह ‘बीको विजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको हो ।

जारी प्रतियोगितामा शतप्रतिशत जित दर्ता गर्दै पूरै ९ अंक बटुल्ने लेबनान एकमात्र टोली हो । लेबनान भारतमै दुई सातामा तेस्रो पटक आयोजक टोलीसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि भारतसँग इन्टरकन्टिनेन्टल कपमा भेट भएको थियो । जसमा पहिलो खेलमा गोल नहुँदा फाइनल खेलमा लेबनान भारतसँग २ – ० ले हारेको थियो ।

अर्कोतिर आमन्त्रित टोली कुवेतले भने उपाधिको दाबेदार भारतलाई अन्तिम खेलमा एक–एक गोलको बराबरीमा रोकेको थियो । 

सेमिफाइनलका खेलहरू आगामी शनिबार हुनेछ । पहिलो सेमिफाइनलमा कुवेत र बंगलादेश प्रतिस्पर्धा गर्दा भारत र लेबनानबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

समूह ‘ए’बाट नेपाल तेस्रो हुँदै बाहिरिएको थियो । सो समूहमा पाकिस्तान अन्तिम स्थानमा रह्यो ।

समूह ‘बी’बाट माल्दिभ्स र भुटान बाहिरिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्