पाकिस्तानविरुद्ध आशिषले दिलाए नेपाललाई अग्रता

मंगलबार, असार १२, २०८०

काठमाडौँ– भारतमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र पाकिस्तानबीच खेल चलिरहेको छ । 

बैंग्लोरस्थित श्री कान्तिरवा रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

यद्यपि, दोस्रो हाफको अन्त्यतिर नेपालले अग्रता लिएको छ । आशिष चौधरीले ७९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्