मध्यान्तरअघि नेपाल र पाकिस्तान गोलरहित बराबरीमा

मंगलबार, असार १२, २०८०

काठमाडौँ– भारतमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र पाकिस्तानबीच खेल चलिरहेको छ । 

बैंग्लोरस्थित श्री कान्तिरवा रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

नेपालले गोलका केही अवसर खेल फालेको थियो ।

समूह ‘ए’मा रहेको नेपाल कुवेत र आयोजक भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ । पाकिस्तानको अवस्था पनि उस्तै छ ।

यस समूहबाट भारत र कुवेत सेमिफाइनलमा पुगिसकेका छन् ।

यसर्थ, नेपाल आज फिफा वरीयतामा तल रहेको पाकिस्तानलाई हराउँदै प्रतियोगितामा सान्त्वना जित हात पार्न चाहन्छ । यद्यपि, बराबरीको नतिजा आए पनि नेपाल समूहको तेस्रो स्थानमा रहने भने पक्का छ । 

नेपालको फिफा वरीयता १७४ छ भने पाकिस्तानको १९५ मात्र छ । 

आजै हुने भारत र कुवेतबीचको खेलले समूह विजेताको टुंगो लाग्नेछ ।
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्