ओखलढुङ्गामा बोलेरो दुर्घटना, ७ जना घाइते

सोमबार, असार ११, २०८०

काठमाडौँ– ओखलढुङ्गामा बोलेरो दुर्घटना भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. १ तलुवको बाह«चाँदे भन्ने स्थानवाट जिल्ला सदरमुकाम तर्फ आउँदै गरेको प्र२–०३– ००१ ज ००८७ नम्बर को बोलेरो  आज बिहान साँढे ८ बजेतिर दुर्घटनामा परेको हो ।

बोलेरो सडकबाट करिबब २० मिटर तल खस्दा त्यसमा सवार ७ जना घाइते भएको ओखलढुङ्गा प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा नं. १ की ४१ बर्षिया सीता विक, ४२ वर्षीया देवकी बिक, ४७ वर्षीया दिलकुमारी बिक, ५० वर्षीया मनकुमारी बिक, ४२ वर्षीया विष्णु बिक, ६० वर्षका भीमबहादुर बिक, सोही स्थानकी २४ वर्षीया रेणुका थापा मगर र उनकी छोरी ३ वर्षीया बिमला थापा मगर रहेका छन् ।

दुर्घटनामा परेको बोलेरोका चालक सिद्धिचरण नगरपालिका १ वर्ष ४० का कर्णबहादुर घिमिरेलाई प्रहरी चौकी निशंखेको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत सामुदायिक अस्पतालु सोब्रु लगिएको छ ।
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्