चट्याङ लागेर दाङमा २ जनाको मृत्यु

शनिबार, असार ९, २०८०

दाङ– दाङमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।

आज साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका–६ बागरका ३२ बर्षीय समीर केसी र वडा नंं ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार फरक–फरक ठाउँमा चट्याङ पर्दा दङ्गीशरण गाउँपालिकाका दुई जनाको मृत्यु भएको हो । 

उनका अनुसार दङ्गीशरण–३ चखौरा बस्ने ३७ वर्षीय रामनारायण चौधरी र दङ्गीशरण–६ निवासी ३२ वर्षीय समिर केसीको मृत्यु भएको हो । चौधरीले आफ्नै बारीमा तरकारी टिपेर फर्किने क्रममा दङ्गीशरण–६ स्थित गोरु बाँध्न बनाएको छाप्रोमा ओत लागिरहेको अवस्थामा आज साँझ साढे ६ बजेतिर चट्याङ लागेको हो ।

दुबैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्