बर्दियामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा २ जनाको मृत्यु, २ बिरामी

शनिबार, असार ९, २०८०

बर्दिया– जिल्लाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए ।     

साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरुलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रनाउले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्