हालसम्मकै ठूलाे परिमाणमा एलएसडी ड्रग बरामद

शुक्रबार, असार ८, २०८०

काठमाडौँ–  नेपालमा हालसम्मकै ठूलो परिमाणमा अवैध लागुऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) ड्रग बरामद भएको छ ।

ठमेलबाट १० हजार १३० पिस एलएसडी ड्रग बरामत गरिएको हो ।

प्रहरीका अनुसार यो नेपालमा हालसम्मकै ठूलो परिणामको ड्रग पक्राउ गरिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले ड्रगसहित ५ जनालाई पक्राउ गरेको छ । एनसिबीले चलाएको विशेष अपरेसनका क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ५ असारमा ठमेलबाट सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले उनीमार्फत थप अनुसन्धान गर्दै जाँदा ठमेलबाट मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकन नागरिक मार्टिन सेरना र बचन भन्ने राज गौतम पक्राउ परेका थिए ।

सेरना र गौतमको बयानका आधारमा प्रहरीले गिरोहका मुख्य व्यक्ति इटालियन नागरिक डेबिड मण्डियोलाई पक्राउ गरेको बताइएको छ ।

सन् १९६०-७० को दशकमा हिप्पीहरुले नेपालमा लागुऔषध एलएसडी भित्र्याएको मानिन्छ ।

एलएसडी केमिकलमा आधारित हेलोजेनिक (भ्रमित पार्ने) हार्ड ड्रग भएको  आज आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका नार्कोटिक्स शाखाका डिएसपी पवन ढुंगानाले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्