नागरिकता विधेयक

सर्वोच्चको आदेशसँगै नागरिकताविहीन युवाहरुमा खुसीयाली

आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन
बिहीबार, असार ७, २०८०

काठमाडौँ– नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयनको बाटो खुलेपछि नागरिकताविहीन युवाहरुले काठमाडौंको माइतिघरमा खुसी मनाएका छन् । 

सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटोखुलेसँगै नागरिकताविहीन युवाहरुले अविर दलेर खुशियाली मनाएका हुन् ।

नेपाली नागरिकलाई नागरिकताबिहीन बनाएको भन्दै उनीहरुले केहि समय देखि माइतघिरमा विरोध प्रदर्शन गर्दै आन्दोलन गरिरहेका थिए । सर्वोच्चको आदेशसंगै उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरेका छन् । नागरिकताविहीन संर्घष समितिका अध्यक्ष इन्द्रजित साफीले सर्वोच्चको आदेश लाखौ नागरिकता बिहीन युवाहरुको जीवन बचाउनका लािग महत्वपूर्ण कदम भएको बताए । उनले ढिला भएपनि अदालतबाट न्याय पाएको र आशाको ज्योती जगाएको जिकिर गरे ।

बिहीबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउन २१ जेठमा डा. मनोजकुमार शर्माले अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुको सन्तानले अब वंशजका आधारमा नागरिकता पाउन बाटो खुल्ला भएको छ ।

भिडियो हेर्नुस्

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्