Nic Ad Nic Ad
Nic Ad Nic Ad
नागरिकता विधेयक

अन्तरिम आदेश खारेजसँगै नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो 

बिहीबार, असार ७, २०८०

काठमाडौँ– सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दिएको अन्तरिम आदेश खारेज गरेको छ ।

आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय आज गरेको हो । यसअघि सुरेन्द्र भन्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्चको यो आदेशसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजका आधारमा नागरिकता पाउन बाटो खुलेको छ ।

गत वर्ष तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरी होल्डमा राखेकी थिइन् ।

तर उक्त विधेयक १७ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्