अदालतको आदेशपछि बालेनको प्रतिक्रिया– भारतीय चलचित्र चल्न दिन्नँ, बरु सजाय भोग्न तयार छु

बिहीबार, असार ७, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँका फिल्म हलहरूमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् ।

उच्च अदालत पाटनले आज भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अदालतले आदेश दिएको केहीबेरमा नै सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले भारतीय चलचित्रको प्रदर्शन हुन नदिने स्पष्ट पारेका छन् ।

उनले बरु जुनसुकै सजाय भोग्न तयार हुने बताएका छन् । उनले अदालत र नेपाल सरकार नै भारतको गुलाम भएको आरोपसमेत लगाएका छन् ।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले  स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ  । यसका लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन,’ उनले लेखेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्