काठमाडौँ गोलीकाण्ड :

विकास भगतसँग सम्बन्ध देखिएका एकजना धरानबाट पक्राउ

बुधबार, असार ६, २०८०

काठमाडौँ– काठमाडौंसँग प्रहरीसँगको मुठभेडमा गोली लागेर घाइते भएका भारतीय नागरिक विकास भगतसँग सम्बन्ध देखिएका एक जनालाई नेपाल प्रहरीले धरानबाट पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) काठमाडौँसँग भएको मुठभेडमा गोली लागेर घाइते भएका भारतीय नागरिक भगतसँग सम्बन्ध देखिएका एक व्यक्ति आज धरानबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा राम भजन रहेको ब्युरोले जनाएको छ । उनलाई धरानको भानु चोकस्थित सब्जीमण्डीबाट पक्राउ गरिएको हो ।

भारतीय नागरिक भगत जोगवनी नाकाबाट नेपालमा लागुऔषध ब्राउन सुगर भित्र्याउने नाइके रहेको प्रहरीको दाबी छ ।


 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्