जर्मनी कोलम्बियासँग घरमै स्तब्ध, लगातार ४ खेलमा जितविहीन

बुधबार, असार ६, २०८०

काठमाडौँ– अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा युरोपको महारथी जर्मनी दक्षिण अमेरिकी टोली कोलम्बियासँग पराजित भएको छ ।

बुधबार बिहान भएको खेलमा जर्मनी कोलम्बियासँग घरेलु मैदानमै २–० गोल अन्तरले स्तब्ध बनेको हो ।

खेलको ५४ औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा जुआन काउड्राडोले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बियालाई २–० को जित दिलाए ।

चार दिनअघि पनि जर्मनी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोल्यान्डसँग पराजित भएको थियो ।

जर्मनी घरेलु टोली पोल्यान्डसँग १–० ले पराजित भएको हो । 

कोलम्बियासँगको हारसँगै जर्मनी पछिल्ला चार खेलमा जितविहीन बनेको छ । जर्मनीले गत मार्चमा मैत्रीपूर्ण खेलमै पेरुलाई २–० ले पराजित गरेको थियो ।

त्यसयता बेल्जियमसँग घरेलु मैदानमै ३–२ ले पराजित भएको जर्मनीले युक्रेनसँग ३–३ गोलको बराबरी खेलेको थियो ।

अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक सफलमध्येको एक टोली हो जर्मनी । जर्मनी आगामी वर्ष युरोकपको आयोजनाको तयारीमा पनि छ । यद्यपि, राष्ट्रिय टोलीको प्रदर्शन भने सन्तोषजनक भइरहेको छैन । 
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्