बागलुङमा जिप दुर्घटना : २ जनाको मृत्यु

बुधबार, असार ६, २०८०

ढोरपाटन– बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो । 

दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए । दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । जिप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो । 

मृतक दुवै पुरुष रहेको केसीले बताए । जिपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्