युक्रेनका ३० हजार सैनिकलाई तालिम दिने ईयूको निर्णय

मंगलबार, असार ५, २०८०

कीभ– युरोपेली सङ्घ (ईयू)का सदस्य राष्ट्रहरूले यस वर्ष युक्रेनको सशस्त्र बलका ३० हजारभन्दा बढी सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ । 

“सन् २०२३ मा युक्रेनका लागि युरोपेली सङ्घको सैन्य सहायता कार्यक्रमले ३० हजार युक्रेनी सशस्त्र बलका जवानलाई तालिम दिने योजना बनाएको छ,” कीभस्थित रक्षा मन्त्रालयले भनेको छ ।

ईयूका अधिकारीहरूले ३० हजार युक्रेनी सैनिकहरूलाई प्रशिक्षण दिने प्रतिबद्धता यस वर्षको फेब्रुअरीमा नै व्यक्त गरेका थिए ।

ब्रसेल्सले युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई आगामी चार वर्षमा युक्रेनलाई सहयोग गर्न ५० अर्ब युरो (५५ अर्ब डलर)को प्याकेजलाई समर्थन गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्