हुम्ला जिप दुर्घटना : घाइते चालकको मृत्यु

सोमबार, असार ४, २०८०

हुम्ला– जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट जिप खस्दा घाइते भएका चालकको मृत्यु भएको छ । धनुषाको शान्तिपुर–२ घर भएका घाइते चालक २५ वर्षीय राजेश हेन्जन तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । 

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३–१–०२२ च ५१२५ नम्बरको जिप आज च्याछरास्थित कर्णाली नदीमा खसेको थियो ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार जीपमा सवार १२ यात्रु सकुशल रहेका छन् । उकालो सडकमा ती सबै यात्रु जीपबाट बाहिर निस्किएका कारण बाँच्न सफल भएका बताइएको छ । 

जिप खस्नै लाग्दा चालक तामाङले हाम फालेका थिए । सो क्रमाम उनी सख्त घाइते भएका थिए । 
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्