नेप्सेले कटायो हाफ सेन्चुरी, ५ अर्बको कारोबार

आइतबार, असार ३, २०८०

काठमाडौँ– साताको पहिलो कारोबार दिन सेयर बजारमा उल्लेख्य उत्साह देखिएको छ । सेयर बजार मापक नेप्से परिसुचक र कारोबार रकम बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार आज नेप्से परिसुचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको छ । आज बजार २.५६ प्रतिशतले बढेको हो ।

आज १९० कम्पनीका सेयरको मूल्य बढ्यो भने २८ कम्पनीका सेयरको मूल्य घट्यो । ४ कम्पनीको सेयरमा कुनै परिवर्तन भएन । आज १ करोड २० लाख ९५ हजार कित्ता सेयर ४ अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा खरिद विक्री भएका नेप्सेले जानकारी दिएको छ ।

नेप्सेका बैंकिङ बाहेक सबै समुहको सुचक बढेका छन् । बैंकिङ समुहको सुचक भने ०.२९ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, निर्जीवन बीमा, अन्य, व्यापार जस्ता समुहको सुचक सबैभन्दा धेरै बढेका छन् ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्