जर्मनी पोल्यान्डसँग पराजित, तेस्रो खेलमा पनि जितविहीन

शनिबार, असार २, २०८०

काठमाडौँ– जर्मनी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा घरेलु टोली पोल्यान्डसँग पराजित भएको छ ।
अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक सफलमध्येको एक टोली जर्मनी गएराति घरेलु टोली पोल्यान्डसँग १–० ले पराजित भएको हो । 

खेलको ३१औं मिनेटमा ज्याकव किबिओरले गरेको एक मात्र गोल पोल्यान्डको जितमा निर्णायक बन्यो । उनले सेवास्टिएनको पासलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

नेसनल स्टेडियम, वार्समा गएराति खेलमा पकड जमाए पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा जर्मनी स्तब्ध बन्न पग्यो । 
यस  हारसँगै जर्मनी पछिल्लो तीन खेलमा जितविहीन बनेको छ । जर्मनीले गत मार्चमा मैत्रीपूर्ण खेलमै पेरुलाई २–० ले पराजित गरेको थियो ।

त्यसयता बेल्जियमसँग घरेलु मैदानमै ३–२ ले पराजित भएको जर्मनीले युक्रेनसँग ३–३ गोलको बराबरी खेलेको थियो ।

जर्मनी आगामी वर्ष युरोकपको आयोजनाको तयारीमा छ । यद्यपि, राष्ट्रिय टोलीको प्रदर्शन भने सन्तोषजनक भइरहेको छैन । 
 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्