लामाटारबाट लगनखेल आउँदै गरेको बस इमाडोलको बीच सडकमै पल्टियो

शनिबार, असार २, २०८०

काठमाडौँ– ललितपुर लामाटारबाट लगनखेल आउँदै गरेको बस इमाडोलमा दुर्घटना भएको छ । बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित बाहुनधारामाको बीच सडकमा पल्टिएको हो ।

बसमा सवार १८ जना घाइते भएको ट्राफिक प्रहरीका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका ग्वार्कोस्थित बिएण्डबी अस्पताल पुर्याइएको छ । 

तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार