नेभिगेशन
सुरक्षा–अपराध

७० हजार रुपैयाँ घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० हजार रुपैयाँ घुस रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिका वडा न. २ का वडाध्यक्ष बुलन यादव र सोहि वडाका सचिव अमृतनारायण मिश्र रहेका छन् ।

आयोगका प्रवक्ता भोला दाहालले उनीहरूलाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको जानकारी दिए । प्रवक्ता दाहालका अनुसार वडाध्यक्ष यादव र वडासचिव मिश्रलाई सेवाग्राहीबाट ७० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । 

थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ