राई भाषाको गीत ‘ए लौ लौ र्वाम्थाल्मिरी  माम्का’ सार्वजनिक [भिडियो]

मंगलबार, जेठ ३०, २०८०

काठमाडौँ– गीतकार जय थुलुङ राईको किरात थुलुङ राई भाषाको गीत ‘ए लौ लौ र्वाम्थाल्मिरी  माम्का’ (ए लै लै भन्ने गर्नुहुन्थ्यो आमाले ) सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार पदम थुलुङ र गायिका बिनुसा थुलुङ राईको स्वरमा रहेको गीतको भिडियो गीतकार जयको अफिसियल युट्युव च्यानलमा सार्वजनिक गरिएको हो । 

गायक पदम थुलुङले संगीत भरेको गीतको लय संकलन पनि गीतकार  र संगीतकारद्वयकै रहेको छ । थुलुङ किरात राईको संस्कार(संस्कृति झल्किने गीतको भिडियो निर्देशन तथा छायांकन युवराज राई ‘वीरबहादुर’ ले गरेका हुन् । 

गीतको भिडियोमा कलाकारहरु दिनेश राई, प्रताप नाछिरिङ्ग, सरिता राई, सृष्टि राई,  स्नेहा राई, स्नेहा राई, सिम्रन राई, सिमा राई, पुष्पा राई, विशाल राई, विजय राई, विनोद राई, शरण राई, नन्दकुमारी राई र कर्ण बाहिङ राईको अभिनय रहेको छ ।  

पूर्वीय लोकलयमा रहेको गीतले किरात थुलुङ राईको संस्कार–संस्कृति तथा जीवन पद्दती मुन्दुमको दर्शन बोकेको छ । गीत थुलुङ राई भाषा भए तापनि नेपाली भाषाको सब–टाइटल राखिएको छ । 

गीतकार जय संयुक्त राज्य अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका छन् । 

भिडियो हेर्नुस् 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्