३४ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्बभन्दा बढीको कारोबार

मंगलबार, जेठ ३०, २०८०

काठमाडौँ– सातोको तेस्रो कारोबार दिन पनि सेयर बजारमा उत्साह कायमै देखिएको छ । सेयर बजार मापक नेप्से परिसूचक र कारोबार रकम दुबैमा राम्रो बढोत्तरी छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दिएको जानकारी अनुसार आज परिसुचुक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा पुगेको छ । यस्तै, १ करोड ८ लाख कित्ता सेयर ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँमा खरिद विक्री भए । कारोबार रकम ४ अर्ब रुपैयाँ नाघेको लामो समयपछि हो ।

आज १९६ कम्पनीका सेयरको मूल्य बढेको छ भने ५ कम्पनीका सेयरको मूल्यमा कुनै परिवर्तन भएको छैन । २२ कम्पनीको सेयर मूल्य भने घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था, भूगोल इनर्जी डेभलपमेन्टर सिटी होटको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेका छन् । 

आज नेप्सेका सबै समुहको सुचक बढेका छन् । बैंकिङ समुहको सुचक ०.६१ प्रतिशतले, विकास बैंक समुहको सुचक १.५७ प्रतिशतले, फाइनान्स कम्पनी समुहको सुचक २.१९ प्रतिशतले, होटल तथा टुरिजम समुहको सुचक २.३ प्रतिशतले, जलविद्युत समुहको सुचक १.९३ प्रतिशतले, लगानी समुहको सुचक १.९२ प्रतिशतले र जीवन बीमा समुहको सुचक २.७३ प्रतिशतले बढेका छन् ।

यस्तै, उत्पादन तथा प्रशोधन समुहको सुचक ४.३२ प्रतिशतले, माइक्रोफाइनान्स समुहको सुचक २.६४ प्रतिशतले, म्युचुअल फण्ड समुहको सुचक १.१९ प्रतिशतले, निर्जीवन बीमा समुहको सुचक २.१६ प्रतिशतले, अन्य समुहको सुचक १.१२ प्रतिशतले र व्यापार समुहको सुचक २.४२ प्रतिशतले बढेका छन् ।

अर्थमन्त्रालयले सेयर विक्रीमा लाग्ने ५ वा ७.५ प्रतिशतको पुँजीगत कर सेयर खरिद विक्रीको लागि अन्तिम कर हो भनेर सार्वजनिक सुचना प्रकाशित गरेपछि सेयर बजार बढ्न लागेको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्