नेभिगेशन
समाज विविध

मर्स्याङ्दी गाउँपालिकामा रैथाने खाद्यान्नमा आधारित विद्यालय दिवा खाजा सञ्चालन

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिकाले स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँपालिकाको कृषि शाखाले जैविक विविधता सरंक्षण कार्यक्रम अन्र्तगत रैथाने खाद्यन्नमा आधारित दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो । 

चालु आर्थिक वर्ष ०७९-८० को सर्सत कार्यक्रम अन्र्तगत जेठ १ गतेबाट पालिका भित्रका ९ वटा सामुदायिक माध्यमिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको कृषि अधिकृत रुकमिनी खत्रीले बताए । उनका अनुसार उक्त कार्यक्रम असार महिनाभर सञ्चालन हुनेछ । 

कार्यक्रमअन्र्तगत शाखाले नौवटा विद्यालयका कक्षा ७, ८, ९ र १० का करिव ८ सय ९८ जना विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्दै आएको छ ।  स्थानीय किसानले स्थानीय स्तरमै उत्पादन गरेको कृषि उपज  तथा रैथान बालीहरु कोदो, फापर, भट्मास, लोकल बोडी, मकै लगायतबाट बनेका परिकार नै दिवा खाजाको रुपमा प्रयोगमा ल्याइएको छ ।  

रैथाने बालीको प्रवर्द्धन, बालबालिकाको खाद्य, पोषण र सुरक्षामा सहयोग पुग्ने उदेश्यले जैविक विविधता संरक्षण कार्यक्रमअन्र्तगत विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको  हो । 

कुल १५ लाख बजेटको उक्त कार्यक्रममा दिवा खाजाका लागि मात्र ४ लाख ४ हजार १ सय बजेट रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध