स्वर्गद्वारीबाट फर्किएका तीर्थयात्री सवार कार दुर्घटना, ८ जनाको मृत्यु 

सोमबार, जेठ २९, २०८०

अपडेट : काठमाडौँ– दाङस्थित धार्मिकस्थल स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिकाको भिङ्रीनजिकै टाकुरामा सोमबार पौने ४ बजे लु १ च ६३४५ नम्बरको कार दुर्घटनामा परेको हो । 

जिल्ला प्रहरी कार्यालय प्युठानले दिएको जानकारी अनुसार दुर्घटनामा कारमा सवार सबै ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ का कार चालक ताराबहादुर कुमाल, लमही–७ वस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेका प्रहरीले जनाएको छ ।

त्यस्तै, तुल्सीपुर उपमहानगरपालिका–१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेलको पनि मृत्यु भएको छ । १ जना बालकको भने सनाखत हुन नसकेको  जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्