दुर्घटना

स्वर्गद्वारीबाट फर्किँदै गरेको जिप भिङ्रीनजिकै दुर्घटना

सोमबार, जेठ २९, २०८०

काठमाडौँ - दाङस्थित धार्मिकस्थल स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जिप दुर्घटनामा परेको छ । लु १ च ६३४५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिकाको भिङ्रीनजिकै टाकुरामा दुर्घटनामा परेको हो । 

जिपमा २ महिला, २ पुरुष र ४ बालबालिका सवार रहेको दाङ प्रहरीले जनाएको छ ।

सवार सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्रीमा लगिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्