८ अंकले बढ्यो नेप्से, २ अर्ब ८८ करोडको कारोबार

सोमबार, जेठ २९, २०८०

काठमाडौँ– साताको दोस्रो कारोबार दिन पनि सेयर बजार बढेको छ । आज सेयर बजार मापक नेप्से परिसुचक करिब ८ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार परिसुचक ७.७९ अंकले बढेर १९८७.८७ विन्दुमा पुगेको छ । 

आज ८९ कम्पनीका सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । १२६ कम्पनीको सेयर मूल्य भने घटेको छ । 

आज ७४ लाख ५४ हजार कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमा खरिद विक्री भएका नेप्सेले जानकारी दिएको छ ।

नेप्सेका १३ समुहमध्ये ७ समुहको सुचक घटेका छन् भने बाँकी समुहको सु्चक बढेका छन् । आज बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादनशील, माइक्रोफाइनान्स र अन्य समुहको सुचक बढेका छन् । यसमध्ये सबैभन्दा बढी १०.७८ प्रतिशतले होटल तथा पर्यटन क्षेत्रको सुचक बढेको छ ।

विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार समुहको सुचक घटेका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्