मुगु अस्पतालमा विरामीको चाप, विद्युत अनियमित हुँदा विग्रियो एक्स रे मेसिन

आइतबार, जेठ २८, २०८०

विमल हमाल, मुगु पन्ध्र शैयाको जिल्ला अस्पताल मुगुमा पछिल्लो समयमा  दिनहूँ विरामीको चाप बढ्दै गएको छ । 

गर्मी तथा तातो सिजन र मौसम परिर्वतनका कारण गएको एक महिनायता  चेकचाजका लागि  जिल्ला अस्पताल मुगुमा प्रतिदिन १ सयभन्दा बढी विरामी आउने गरेका छन् ।

अस्पातालमा विशेष गरेर ग्याष्टिक, शरीरमा घाउ, निमोनिया, दम, ज्वरो र रुघाखोकी, चोटपटक, प्रस्तुती सेवालगायत रोगका विरामी आउने गरेका हुन् । जेठ महिनायता बढी गर्मी सिजन भएकाले मौसमी ज्वरो र  रुघाखोकीका विरामी बढी आउने गरेको जिल्ला स्वास्थ्य सेवा ब्यावस्थापक डा. कमल ढुङगानाले  जानकारी दिए ।

अस्पातालमा  ३ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि हाल विशेषज्ञ छैनन् । एकजना एमडी स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले तत्कालका लागि मुगु जिल्ला अस्पातलमा कार्यरहत हुने गरी ब्यवस्था गरेको छ । मुगुमा अहिले एक विशषज्ञसहित ८ जना कार्यरत छन् । 

उक्त अस्पतालमा जनरल, सर्जिकल, स्त्री तथा प्रस्तुती, ओपिडी र वार्डको ब्यवास्था छ । पन्ध्र शैयाको अस्पाताल भएकाले दिनहूँ बिरामी अस्पातालमा खचाखच बढ्दै जाँदा बिरामी हेर्न कठिनाई भएकोे अस्पताल ब्यवस्थापक डा. ढुङगानाले बताए ।

एक्सरे सेवा बन्द

विद्युतमा आएको समस्याका कारण एक्सरे कक्षको कमप्युटरको सप्टवयर विग्रिएपछि गत विहीबारदेखि जिल्ला अस्पाताल मुगुमा रहेको एक्सरे सेवा बन्द रहेको छ । जिल्लामा टेक्निसियन नहुदा सप्टवयर बदल्न जिल्लाभन्दा बाहिर  नेपालगञ्ज पठाउनु पर्ने बाध्यता रहेको  र जसका कारण एक्सरे गर्न बाट बन्चित रहेकोले बिरामीले कठिनाई झेल्नु परेको अस्पताल प्रशासनको भनाइ छ ।

जिल्ला अस्पातल मुगुमा विद्युत सेवा थ्री फेजको भएपति नियमित रुपमा नआउने र जसका कारण अस्पतालमा भएका उपकरण चलाउन कठिनाई भएको र उपकरण उड्ने गरेको जनाइएको छ । जसको असर विरामीलाई परेको अस्पाताल श्रोतले बताएको छ ।

औषधी पुगेन

सरकारले ४८ देखि ५० थरीका औषधी बिरामीको लागि निःशुल्क दिने व्यवस्था गरेको छ । तर, जिल्ला अस्पताल मुगुमा प्रदेशले केही औषधी पठाए पनि अस्पतालमा नियमित रुपमा ग्यास्टिकका विरामी बढी आउने गरेकाले त्यस्ता विरामीलाई आवश्यक पर्ने एसिलकलगायत अन्य केही औषधीको अभाव रहेको अस्पाताल ब्यावास्थापक डा ढुङगानाले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार