नागरिकता विधेयक प्रमाणीकरण प्रकरण– अल्पकालीन अन्तरिम आदेशले नै पायो निरन्तरता

शुक्रबार, जेठ २६, २०८०

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडैलले गरेको नागरिकता विधेयकको प्रमाणीकरण कार्यन्वयन नगर्न यसअघि एकल इजलासले गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह र सुष्मालता माथेमाको संयुक्त इजलासले आज गरेको सुनुवाइपछि अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

अदालतले नागरिकता विधयेकसम्बन्धी मुद्दामा मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय र राष्ट्रपतिले गरेको प्रमाणीकरणको फाइल झिकाउन आदेश दिएको छ । सो मुद्दाको अर्को पेशी मंगलबारलाई तोकिएको सर्वोच्च स्रोतले जनाएको छ ।

राष्ट्रपतिको प्रमाणकरणविरुद्ध वरिष्ठ अधिवक्ताहरू डा सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए । उक्त रिटमाथि जेठ २१ गते प्रारम्भिक सुनुवाइ गर्दै यसअघि डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

नागरिकता विधेयक पहिलेदेखि नै विवादित थियो । गत जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुअघि हतारमा राष्ट्रपतिले प्रमाणीत गरेपछि झनै विवादित बनिरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्