भक्तपुरमा १८ लाखभन्दा बढीका गरगहना र नगद चोरी

बुधबार, जेठ २४, २०८०

भक्तपुर– भक्तपुरका दुई ठाउँमा आज सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ । 

मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो ।

चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ १० लाख ९६ हजार छ सय २५ रुपैयाँ बराबरको सुनको विभिन्न गहना र नगद ३१ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

त्यस्तै, प्रहरीका अनुसार झापा दमक नगरपालिका–३ घर भई मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने भएकी बबिता भट्टराईको डेराबाट  सात लाख १२ हजार रुपैयाँ बराबरको सुनका गरहगहना र नगद १६ हजार रुपैयाँ नगद चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार