नेभिगेशन
समाचार

प्रचण्ड शान्ति र क्रान्ति दुवैका नायक हुन्  : रामदेव

काठमाडौँ– भारतका धार्मिक गुरु रामदेवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन् ।

खप्तडमा आजदेखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै  शान्ति र क्रान्ति दुवैका नायक भएको भन्दै प्रशंसा गरे ।

साथै, रामदेवले प्रचण्ड वास्तविक कम्युनिस्ट भएको दाबीसमेत गरे ।

यस्तै सम्मेलन भाग लिन रामदेवसँगै आएका आचार्य बालकृष्णले जीवनमा एकपटक खप्तड हेर्न जानैपर्ने जिकिर गरे ।

तीन दिनसम्म चल्ने सम्मेलनमा प्रधानमन्त्रीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिमका मुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेस नेता रमेश लेखक, एमाले नेता भीम रावलको उपस्थिति छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार