नेभिगेशन
समाचार

कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादी निर्णय

विराटनगर– नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

कोशी प्रदेश संसदीय दल र  माओवादी  केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को  संयुक्त बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको छ ।

बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको छ । प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार