अनागरिकले नागरिकता नपाउन् : प्रधानमन्त्री प्रचण्ड

सोमबार, जेठ २२, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनागरिकले नागरिकता पाउनु नहुने बताएका छन् ।

आज संसद्मा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘अनागरिकले नागरिकता नपाउन् । नेपाल राष्ट्रको हितविपरीत  विदेशीले नागरिकता पाउन र नेपालीले नागरिकता नपाउन् भन्ने चाहँदैनौँ,’ उनले भने ।

हालै प्रमाणीकरण गरिएको नागरिकता विधेयक सर्वसहमतिद्वारा नै निर्णय गरिएको उनको दाबी छ ।

‘राष्ट्रिय संवेदनशील विषयमा हामी संवेदनशील छौँ । सर्वसम्मत नै निर्णय गरेका छौँ । २०६३ सालमा पनि सर्वसम्मतद्वारा निर्णय गरिएको हो,’ उनल थपे । 
 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्