५३ अंकले बढ्यो नेप्से परिसुचक, १ अर्ब ६५ करोडको कारोबार

आइतबार, जेठ २१, २०८०

काठमाडौँ– लगानीकर्ता र सरकारबीच कर विवादमा कुरा मिलेपछि सेयर बजारमा उत्साह देखिएको छ । आज मात्रै अर्थमन्त्री र सेयर लगानीकर्ताबीच कर विवाद समाधान हुने गरी सहमति भएको थियो ।

आज (आइतबार) सेयर बजार मापक नेप्से परिसुचक ५३ अंकले बढेर १९१९.३७ विन्दुमा पुगेको छ । बजार समग्रमा २.८४ प्रतिशतले बढेको हो ।

आज प्रायः सबै कम्पनीका सेयर मूल्य बढेको छ । यसमध्ये आइजिआई प्रुडेन्सियल इन्स्यारेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, सामुदायिक लघुवित्त वितीय संस्था, सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल जस्ता कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

बढेको बजारमा पनि मानुसी लघुवित्त वित्तीय संस्था, एनआइसी एसिया बैंक र स्वाभिमान लघुवित्तको सेयर मूल्य घटेको छ । आज सेयर मूल्य घट्ने यी ३ कम्पनी मात्रै हुन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार आज ४५ लाख ५७ हजार कित्ता सेयर १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँमा खरिद विक्री भए । नेप्सेका १३ वटा नै उपसुचकमा बृद्धि देखिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्