‘नास्तिक’ प्रचण्डको आस्थिक रुप हेरौँ केही तस्बिरमा

शुक्रबार, जेठ १९, २०८०

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सैद्धान्तिक रुपमा नास्तिक हुन् ।

माक्र्सवादी सिद्धान्तले धर्मलाई अफिम मान्छ । हुन पनि प्रचण्ड नेपालका आराध्यादेव तथा विश्वभरका हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरमा कहिल्यै गएर दर्शन गरेको थाहा छैन ।

तर, उनै प्रचण्ड भारत भ्रमणका क्रममा भने आस्थिक देखिएका छन् । 

प्रचण्डले श्रीमती सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै भारतको एक मन्दिरमा १०८ किलो ग्राम रुद्राक्ष र ५१ हजार रुपैयाँ चढाएका छन् ।

मध्य प्रदेशको भ्रमणमा क्रममा प्रचण्डले उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा आज विशेष पूजा गरेका हुन् ।

उनले महाकाल बाबाको गर्भगृहमा श्रीमतीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको जनाइएको छ । सो क्रममा प्रचण्डले पहेँलो वस्त्र धारण गरेका थिए । उनीसँगै छोरी गंगा दाहाल र अन्य मन्त्रीहरूले पनि पूजा गरेका थिए । 

विशेष पूजा समारोहमा मध्य प्रदेशका राज्यपाल मंगुभाई पटेल पनि उपस्थित थिए । मन्दिरका शासकीय पुजारी पण्डित घनश्याम शर्माले प्रधानमन्त्री प्रचण्डबाट विशेष पूजा गराएको भारतीय अधिकारीहरूले जनाएका छन् ।

महाकालेश्वर दर्शनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालबाटै लगेको १०८ किलो ग्राम रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाएको बताइएको छ ।

पशुपतिनाथको मन्दिरमा कहिल्यै गएर दर्शन नगरेका प्रचण्डले भारतका मन्दिरमा भने पूजा गरेको भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणले आलोचना गरिरहेका छन् । 

प्रचण्डको आस्थिक यात्रा हेरौँ केही तस्बिरमा :

prachanda in indian temple (5)1685698954.png

prachanda in indian temple (4)1685698996.jpg

prachanda in indian temple (2)1685698995.JPG

prachanda in indian temple (1)1685698995.jpg

prachanda in indian temple (3)1685698995.jpg

 


 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्