भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्याे ?

बिहीबार, जेठ १८, २०८०

काठमाडौँ- भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ । हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ घटेर आएको छ ।

पेट्रोल तथा डिजेलको मूल्य सामान्य बढेर आए पनि नेपालमा हालको मूल्य यथावत् राख्ने तयारी रहेको निगमले जनाएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले १५–१५ दिनमा इन्धनको मूल्य सूची पठाउँछ ।

सो अनुसार अघिल्लो पटकको तुलनामा मूल्य सामान्य बढेर आएको हो । हाल निगमले उपभोक्तालाई पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल र मट्टितेल १५५ रुपैयाँमा बेच्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्