‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट सम्मानित

बुधबार, जेठ १७, २०८०

काठमाडौँ– विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा  ‘स्वास्थ्यमन्त्रीस्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट पत्रकार, स्वास्थ्यकर्मी एवं विभिन्न संस्थालाई पुरस्कृत गरिएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य कर कोष सचिवालयले पत्रकार, स्वास्थ्यकर्मी एवं संस्थालाई ५० हजार रुपैयाँका दरले कदरपत्रसहित पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा स्वास्थ्यकर्मी प्राडा रिता थापा र डा भक्त केसी एवं पत्रकार पद्मराज जोशीछन् । 

यस्तै विराटनगर महानगरपालिका, एक्सन नेपाल र नेपाल विकास अनुसन्धान प्रतिष्ठान पनि पुरस्कृत भएका छन् । 

सुर्तीजन्य पदार्थ आयात, उत्पादन, बिक्रीवितरण गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने, जनचेतना जगाउने, प्रचलित कानुन कार्यान्वयनमा महत्वपूर्ण सहयोग पु¥याउने एवं सो क्षेत्रमा कार्यरत उत्कृष्ट व्यक्ति, संस्था, तथा निकायलाई पुरस्कृत गरिएको हो ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्