राष्ट्रपति पौडेलद्वारा ‘विवादित’ नागरिकता विधेयक प्रमाणीकरण

बुधबार, जेठ १७, २०८०

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले ‘विवादित’ नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले निर्णय गरेर राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेको थियो । सोहीअनुरुप उनले आज विधेयक प्रमाणीकरण गरेका हुन् । 

नागरिकता विधेयकका कतिपय प्रावधानलाई लिएर यो विवादित बनेको थियो । यसैले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक रोकेकी थिइन् । 

तर, वर्तमान राष्ट्रपति पौडेलले भने त्यसलाई सहजै प्रमाणीकरण गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाटै भारतको चार दिने औपचारिक भ्रमणमा जाँदैछन । प्रधानमन्त्रीको भारत भ्रमणकै  दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्