युक्रेनले ड्रोन आक्रमण गरेर रुसीहरूलाई तर्साउन खोज्यो : रुसी राष्ट्रपति पुटिन

मंगलबार, जेठ १६, २०८०

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसीहरूलाई तर्साउन खोजेको बताएका छन् ।

“हामीले कमाण्ड युक्रेनका सेन्टरहरूमाथि प्रहार गर्ने कुरा गरेका छौँ । यसको प्रतिक्रियामा कीभ शासनले फरक बाटो रोजेको छ । उसले रुसलाई तर्साउने प्रयास गर्ने, रुसका नागरिकहरूलाई आतङ्कित पार्ने र आवासीय भवनहरूमा हमला गर्ने बाटो लिएको छ,” पुटिनले भने ।

आजै मस्को जाँदै गरेका थुप्रै मानवरहित हवाई यानहरूमा मङ्गलबार बिहानै रुसको राजधानी नजिकै गोली हानाहान भएको छ । 

मस्कोका गभर्नर एन्ड्री वोरोबियोभलाई उद्धृत गर्दै तासले लेखेको छ, ‘आज बिहान मस्को क्षेत्रका केही जिल्लाका बासिन्दाहरूले विस्फोटको आवाज सुने, जुन हाम्रो हवाई सुरक्षा सञ्चालनमा थियो । मस्को जाने बाटोमा थुप्रै ड्रोनहरू खसालिएका थिए ।’  

प्रतिक्रिया दिनुहोस्