कसले कतिपटक जितेको छ आइपिएलको उपाधि ? 

मंगलबार, जेठ १६, २०८०

काठमाडौँ– भारत १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) सकिएको छ । आज बिहान साविक विजेता गुजरात टाइटन्सलाई हराउँदै चेन्नाई सुपर किंग्सले उपाधि जितेसँगै सन् २०२३ को आइपिएल सकिएको हो ।

गएराति गुजरातको अहमदाबादमा सम्पन्न फाइनलमा गुजरातलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले पराजित गर्दै चेन्नाईले पाँचौ उपाधि जितेको हो । योसँगै चेन्नाईले मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक उपाधि जितेर बनाएको कीर्तिमान बराबरी गरेको छ । 

चेन्नाई पाँचौ पल्ट नै फाइनलमा पुगेको छ । यता मुम्बई भने एक पटक फाइनलमा पराजित भएको छ । यसरी हेर्दा समग्र नतिजामा चेन्नाईले मुम्बईलाई उछिनेको छ ।

चेन्नाईले सुन् २०१०, २०११, २०१८, २०२१ र अहिले गरी पाँचपटक उपाधि जितेको हो ।

यसैगरी, मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० गरी पाँचैपटक उपाधिमाथि कब्जा जमाएको छ । 

यस्तै, कोलकाता नाइट राइडर्सले २०१२ र २०१४ गरी दुईपटक उपाधि उचालेको छ ।

त्यस्तै, आइपिएलको उपाधि एक–एक पटक उचाल्ने चार टोली छन् ।

जसमा राजस्थान रोयल्स, सजराइजर्स हैदराबाद गुजरात टाइटन्स र डेकन चार्जर्स छन् ।

राजस्थानले २००८ मा भएको पहिलो उपाधि जितेको थियो । यसैगरी, हैदराबादले २०१६ मा उपाधि उचाल्यो ।

यस्तै, योपटक फाइनलमा पराजित गुजरात गत वर्ष अर्थात् २०२२ को विजेता हो । डेकनले २००९ मा उपाधि जितेको थियो । यद्यपि, यो टोली अहिले अस्तित्वमा छैन । 


 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्