आइपिएल : गिललाई सर्वोत्कृष्टसहित ४ पुरस्कार

मंगलबार, जेठ १६, २०८०

काठमाडौँ– भारतमा आज बिहान सम्पन्न भएको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा गुजरात टाइटन्सका शुभमन गिलले सर्वोत्कृष्ट (मोष्ट भ्यालुएबल) सहित ४ वटा पुरस्कार (अवार्ड) जितेका छन् । 

उनले गुजरात टाइटन्सलाई फाइनलसम्म पुर्याउन सानदार प्रदर्शन गरेका थिए । यही भएर उनले ले मोष्ट भ्यालुएबल, सर्वाधिक रन बनाएवापत पाउने ओरेन्ज क्याप, ड्रिम गेम चेन्जर, सर्वाधिक चौका (रुपे वन द गो फोर सिजन) गरी कुल ४ अवार्ड प्राप्त गरेका हुन् ।

२३ वर्षीय गिलले हरेक अवार्डमा समान १० लाख भारु पाउनेछन् । गिलले १७ खेलमा ३ शतक र ४ अर्धशतकसहित कुल ८ सय ९० रनका साथ शीर्ष स्थानमा थिए । गिलले कुल ५६४ बल खेल्दा ८५ चौका र ३३ छक्का प्रहार गरेका थिए ।

आइपिएलमा पर्पल क्याप मोहम्मद शामीले जिते । उनले २८ विकेटका साथ अवार्ड जितेका हुन् ।

यस्तै इमर्जिङ प्लेयर अवार्ड राजस्थान रोयल्सका यशस्वी जैसवालले जितेका छन् । सर्वाधिक छक्का र टाढा प्रहार गर्ने अवार्ड बेंगलोरका फाफ डू प्लेसिस, उत्कृष्ट स्ट्राइकरेट ग्लेन म्याक्सवेल, उत्कृष्ट क्याच राशिद खान र फेयर प्ले अवार्ड दिल्ली क्यापिटल्सले हात पारेको छ ।

दिलली पहिलो चरणबाटै आउट भएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्