चीनको शेन्झाउ– १६ अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार

मंगलबार, जेठ १६, २०८०

जिउक्वान– चीनको शेन्झाउ– १६ अन्तरिक्ष यानले आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रमा अन्तिम प्रक्षेपण पूर्वअभ्यास पूरा गरेको छ । यो सँगै यो यान प्रक्षेपणका लागि तयार रहेको छ ।

जहाज र यसको क्यारियर रकेट र प्रक्षेपण केन्द्रमा सबै प्रणाली र तयारी प्रक्षेपणका लागि तयार रहेको प्रक्षेपण केन्द्रल जनाएको छ । 

प्रक्षेपण केन्द्रमा स्थानान्तरण गरिएका अन्तरिक्ष यान र लङ मार्च– २ एफ क्यारियर रकेटको संयोजनबाट रकेट र अन्तरिक्ष यानको विभिन्न निरीक्षण र प्रि–लन्च पूर्वाभ्यासहरू सञ्चालन गरिएको प्रक्षेपण केन्द्रका वरिष्ठ इन्जिनियर हे पेङ्जुले बताएका छन् । 

बालुवा र वर्षाको पानी रकेटमा पस्न नदिन प्रक्षेपण टावरमा सिल गर्ने सुविधा समेत रहेको उनले बताए । यो गोबी मरुभूमिको बलौटे वातावरण अनुरूप तयार पारिएको छ । प्रक्षेपण केन्द्र यही गोबी मरुभूमिमा अवस्थित छ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०६:१९
प्रतिक्रिया दिनुहोस्