ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

सोमबार, जेठ १५, २०८०

काठमाडौँ– कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी समाचार कक्षले जनाएको छ । 
    
आइतबार दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते हुनुभएको थियो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्