आइपिएल फाइनल : वर्षाका कारण आज पनि खेल नभए के हुन्छ ?

सोमबार, जेठ १५, २०८०

काठमाडौँ–  वर्षाका कारण भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनल खेल आइतबार रद्द भयो ।

गुजरातको अहमदाबादमा आइतबार साँझ हुनुपर्ने फाइनल खेल लगातार वर्षा भएकापछि रोकिएको थियो । सो खेल आज फेरि हुने भएको छ । खेल साँझ ७ः४५ बजे सुरु हुने खेल तालिका रहेको छ ।

नरेन्द्र मोदी क्रिकेट मैदानमा घरेलु टोली गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच उपाधि भिडन्तका लागि प्रतिस्पर्धा हुनेछ ।

गुजरात साविक विजेता हो भने चेन्नाई ४ पटकको विजेता हो ।

रिजर्भ डेमा आज पनि वर्षाका कारण खेल हुन नसकेमा लिगको नतिजाका आधारमा गुजरात विजेता बन्ने नियम छ ।

मौसम विद्हरूका अनुसार आज पनि अहमदाबादमा वर्षाको सम्भावना छ । यदि आज पनि वर्षाकै कारण खेल रोकिएर ९ः५० सम्म सुरु हुन नसके ओभर घट्नेछ । ९ः५० सम्ममा खेल सुरु भएमा २० ओभरको नै खेल हुने सम्भावना रहेको छ । 

१२ः२० सम्ममा खेल हुन सकेमा कम्तीमा ५ ओभरको खेल हुनेछ । यदी १२ः२० पछि पनि खेल हुने सम्भावना नरहेमा सुपर ओभर हुनेछ । यदी मौसमका कारण सुपर ओभर पनि हुन नसकेमा फाइनल खेल रद्द हुनेछ । 

खेल रद्द भएमा समूह चरणको नतिजाका आधारमा गुजरात विजेता बन्नेछ ।

किनकि, लिग चरणका गुजरात पहिलो र चेन्नाई दोस्रो भएर प्ले क्वालिफायर १ मा पुगेका थिए ।  

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्